संघ र प्रदेशको निर्वाचन एकै दिन गर्न छलफल सुरु

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन कति सम्भव छ भनेर सोधेपछि आयोग विकल्पको खोजीमा लागेको हो ।

अहिलेसम्म तीनवटा विकल्प देखिएका छन्, त्यसमाथि आयोगले छलफल गरिरहेको छ । छलफल अहिले प्रारम्भिक चरणमै रहेको आयोगले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

एकै दिन निर्वाचन गर्न तीन विकल्प

१. प्रदेश सभा र प्रतिनिधिसभाको एउटै मतपत्र

२. प्रत्यक्ष र समानुपातिक प्रणालीको एउटै मतपत्र

३. विद्युतीय मतदान उपकरण