डा. केसीलाई सरकारको आग्रहः अनसन तोडेर छलफलमा आउनुहोस्

काठमाडौं । आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन आउनुपर्ने मागसहित १२ दिनदेखि आमरण अनसनमा रहेका प्रा.डा. गोविन्द केसीलाई अनसन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको छ।

शुक्रबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतासहित सरोकारवाला निकायसँगको छलफलपछि सरकारले केसीलाई अनसन तोडेर छलफलमा बोलाउने निर्णय गरेको हो।

चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा प्रवेश गरिसकेको तर, संसदीय प्रक्रिया पूरा गरेर पारित हुन समय लाग्ने भएकाले तत्काल अनसन तोडेर छलफलमा आउन सरकारले डा. केसीलाई आग्रह गरेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।