भरतपुर UPDATE: एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा

कडा सुरक्षा व्यवस्थाका साथ मतगणाना हुँदै

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को हिजो मध्यरातबाट मतगणना सुरु भएको छ । उक्त मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालले ४१०३१ मत प्राप्त गरेकी छन ।

त्यसैगरी उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ४१५४३ मत प्राप्त गरेका छन । अहिलेसम्मको मत परिणामले उनीहरुबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ ।

मुख्य निर्वाचन अधिकृत अनुसार पहिले जस्तो घटना दोहोरीन नदिनका लागि मतगणनास्थलमा तारबारसहित भित्र र बाहिर गरी पाँच वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।