माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्यको मृत्यु

समयमै उपचार गर्न नसकिएको आफन्तको गुनासो

रुकुम । रूखबाट लडेर एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी नेकपा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए ।

बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उनी लडे्को बताइएको छ । गम्भीर घाइते भएका पुनलाई उपचारका लागि नेपाजगञ्ज लैजाँदै गर्दा बाटोमा बिहीबार राति करिब ११ बजेतिर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । रासस