राजपा सहभागी नभए पनि २ नं प्रदेशको चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काँग्रेस पहिलो पार्टी हुने दाबी

जनकपुर । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले प्रदेश नं २ को चुनाव पछि काँग्रेस पहिलो पार्टी हुने बताएका छन ।

जनकपुरमा आज विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ गतेका लागि तोकिएको प्रदेश नं २ को चुनाव कुनै पनि सर्तमा नरोकिने बताएका हुन ।

उनले राजपाको मागलाई काँग्रेसले सकारात्मक रुपमा लिएको र संविधान संशोधन गर्न प्रतिवद्ध भएपनि तर आवश्यक दुई तिहाई पुगाउन नसक्दा अप्ठ्यारो भएको बताएका छन ।

अब कुनै पनि हालतमा प्रदेश नम्बर २ को निर्वाचन नसर्ने र राजपालाई निर्वाचनमा सहभागि गराउन सरकारले निरन्तर प्रयत्न गरिरहेको उनले बताए ।