व्यवसायीलाई जिम्मेवारी बोध गराउन सम्मेलन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको मुख्य प्राथमिकतामा भएको भन्दै यसका लागि स्वदेशी व्यवसायीको भूमिका पनि महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उत्पादन बढाइ आयात कम गर्नका लागि लगानी विस्तार गर्नुको कुनै बिकल्प नभएको बताए ।

उनले लगानी बढाउने सम्बन्धमा कतिपय कानुन संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको भन्दै प्रशासनिक र कानुनी झन्झट हटाइ लगानीकर्तालाई आवश्यक सबै सहयोग गर्ने बताए ।

उनले नाफाको अंश सामाजिक काममा खर्च गर्नु नै जिम्मेवार व्यवसाय भएको उल्लेख गर्दै जिम्मेवारीवोध गरी नीति नियमको पालना गर्न व्यवसायीहरूसँग आग्रह गरेका छन । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।