भरतपुर महानगरपालिका वडा नं १९ मा मतदान सुरु

३७९७ मतदाता मतदान गर्दै

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडामा मतदान साँझ ५ बजेसम्म सुचारु हुनेछ ।

बिहानैदेखि मतदान गर्न मतदाताहरु छाता लिएर लाइनमा लागेका छन् । ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट कूल ३ हजार ७ सय ९७ मतदाताले आज मतदान गर्दैै छन् ।

बैशाख ३१ गते भएको चुनावको मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित भएको थियो। उक्त स्थगित मतगणनालाई सर्वोच्च अदालतले आयोगको निर्णयलाई सदर गर्दै पुनः मतदान गर्ने आदेश दिएपछि आज निर्वाचन हुन लागेको हो ।

उक्त महानगरपालिकामा मेयर पदका उम्मेदवार माओवादी केन्द्र–कांग्रेस गठबन्धनबाट अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली रहेका छन् ।