भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान हुँदै

माओवादी र एमालेका लागि काँग्रेस निर्णायक

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान हुँदैछ ।

बैशाख ३१ गते भएको चुनावको मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित भएको थियो। उक्त स्थगित मतगणनालाई सर्वोच्च अदालतले आयोगको निर्णयलाई सदर गर्दै पुनः मतदान गर्ने आदेश दिएपछि आज निर्वाचन हुन लागेको हो ।

उक्त महानगरपालिकामा मेयर पदका उम्मेदवार माओवादी केन्द्र–कांग्रेस गठबन्धनबाट अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली रहेका छन् ।

त्यस महानगरमा जम्मा २९ वडा रहेका छन त्यस मध्य २७ वटा वडाको मत परिणाम सार्बजनिक भएको छ । विवादीत वडा नम्बर १९ मा आज पुनः मतदान भएपछि २० नम्बर वडाको मत पनि एकैपटक गणना गर्ने निर्णय भएको छ ।