भक्तपुरमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

घटनाको थप अनुसन्धान हुँदै

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट खड्का गाउँस्थित ठाडो खोलाको भेलले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ ।

दिउँसो खोला तर्ने क्रममा सोही ठाउँमा बस्ने ५६ वर्षीय सत्यवती खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिएका हुन । भक्तपुर क्षेत्रमा आज दिउँसो केहिबेर ठूलो पानी परेको थियो ।

खोलाले बगाएको करिब एक घण्टा पछि उनको शव सूर्यविनायक नगरपालिका–७ पार्टीचौरमा फेला परेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन । रासस