पक्राउ परेका मेयर ज्ञावलीका छोरा २५ हजार धरौटीमा रिहा

रिहा गर्न एमालेको दवाव

काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको छोरा निरव ज्ञवाली २५ हजार धरौटीमा रिहा भएका छन् ।

उक्त महानगरपालिकाको मेयर पदकी उम्मेद्वार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकबाट अश्लिल शब्द प्रयोग गरि गाली गलौज गरेको आरोपमा हिजो पक्राउ परेका निरव ज्ञावली आज बिहिवार धरौटीमा रिहा भएका हुन् ।

दुई महिनाअघि ज्ञवालीले फेसबुकबाट रेणुलाई अपशब्द प्रयोग गरेको भन्दै रेणुका पतिले चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

ज्ञावलीलाई प्रहरीले साइबर अपराधमा मुद्दा चलाउनका लागि अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार धरौटीमा रिहा गरेको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले निरबलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । स्रोतका अनुसार नेकपा एमालेको दबाबपछि उनलाई धरौटीमा रिहा गरिएको बताइएको छ।