नेपाल प्रहरीका ११ डीआईजी, एआईजीमा बढुवा

सिलवालको मुद्धा विचाराधीन अवस्थामा

काठमाडौं । नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा सरकारले बढुवा गरेको छ ।

आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले एआईजीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई बढुवा गरेको छ ।

डीआईजी नवराज सिलवाल आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका थिए तर उनको बढुवा भएको छैन । उनको मुद्दा अझै विचाराधीन अवस्थामा छ ।