लहानमा विषालु सर्पडसाइबाट एकको मृत्यु

लहान । विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए ।

उपचारकै क्रममा उनकोे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रासस