हेर्नुहोस यस्तो छः चीन र भारतबीच चर्किएको डोक्लाम क्षेत्रको सीमा विवादको यथार्थ

छिमेकीको विवादमा हाम्रो भूमिका के ?–यस्तो छ युवा नेता हेमन्तको विश्लेषण हेमन्त सेढाई

(डोक्लाम क्षेत्रको विवाद अहिले अन्तराष्ट्रिय चासोको विषय बनेको छ । चीन, भुटान र भारतबीचको त्रिदेशीय सीमा क्षेत्र डोक्लामको विषयलाई लिएर सुरु भएको विवादमा नेपालको दृष्टिकोण कस्तो हुनुपर्ला यो पनि त्यत्तीकै महत्वपूर्ण विषय भएको छ । यद्यपि यो विवादमा भारत र चीनको बीचमा तनाव बढीरहेको अवस्थामा भने त्यससँग सम्बन्धीत मुलुक भुटान छायाँमा रहेको छ, यसको कारण के हुन सक्छ ? यो पनि निकै चासोको विषय बनेको छ । वास्तवमा डोक्लाम क्षेत्रको सीमा समस्या भारत र चीनबीचको नभएर भुटान र चीनबीचको समस्या हो । यि दुई देशबीचको सीमा समस्या समाधानका लागि यसअघि धेरै प्रयास भएपनि त्यसले सार्थकाता पाउन सकेन । भुटनका तत्कालीन प्रधानमन्त्री जिग्मे वाई थिन्लेको समयमा चीनसँगको सीमा विवाद समाधानका लागि २२ पटकसम्म वार्ता भएपनि भएको थियो । डोक्लाम, झोगलाम, ड्रोकलाम, विभिन्न नामले चिनिने ‘डोक्लाम पठार’ ।

भुटान, चीन र भारतबीचको त्रिदेशीय सीमा क्षेत्र र हालको यादोङ्ग, काउन्टी र भुटानको हा भ्यालीको बीचमा पर्छ । ऐतिहासिक रुपमा यो तिब्बतको यातुंग ब्यापारिक क्षेत्रको भाग समेत हो । अहिले यहि क्षेत्रमा भुटान र चीनको संयुक्त दाबी भएपनि विवाद भने भारत र चीनको बिचमा देखिएको छ । हामीले ‘डोक्लामको यर्थाथ र त्यसमा नेपालको चासो’ भन्ने विषयमा केन्द्रीत रहेको यस विषयका जानकार, राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान, नेपालका अध्यक्ष हेमन्त सेढाईसँग कुराकानी गरेका छौ । प्रस्तुत छ यस विषयमा उनको विचार, दृष्टिकोण….)

LOADING...
  • अहिले दोक्लाम विवाद चर्किएको छ, यसको पृष्ठभूमि के हो ? के होला यस्को रहस्य?

-सन् १९५० मा नेपाल र भारतबीच सन्धि हुनुभन्दा अगाडि सन १९४९ मा भारत र भुटानबीच सन्धि भएको थियो । त्यो सन्धि अनुसार भुटानको परराष्ट्र र सुरक्षा र नीति भारतबाट शुरु भएको देखिन्छ । त्यसै अनुसार भारतको ३५ हजार सेना भुटानमा छ र भुटानको जम्मा १० हजार सेना मात्र छ । त्यसमा जम्मा भुटानीहरुको संख्या ७ लाखको हाराहारीमा छ र त्यसमा ४५ हजार सेना छन । ति ४५ हजार सेनाको सम्पूर्ण व्यवस्थापनको काम भारतले गर्दछ । त्यसैले गर्दा त्यहाँ पुरै भारतको हस्तक्षेप छ, सैनिक हस्तक्षेप छ, सुरक्षाको स्थितिमा हस्तक्षेप छ र परराष्ट्रको स्थितिमा उत्तिकै हस्तक्षेप छ । त्यसपछि १९५० को सन्धि भयो नेपालमा त्यसलाई हेर्दै आउदा फेरी भारतले भुटानसँग गरेको १९४९ को सन्धिको पुनरावलोकन भयो र २००७ मा आउदाखेरी भुटान भारतको सुरक्षा र परराष्ट्रका हिसाबले त्यो सन्धि मान्न बाध्यकारी छैन भन्ने कुरा त्यो सन्धिमा लेखियो । त्यस अनुसार अब भारतले पहिला त भुटानलाई सिधै हस्तक्षेप गरेको थियो । अब त्यो सन्धिका कारण त्यसमा बाध्यकारी नभएपछि अब भुटानले चाहि आफ्नो चाहना अनुसार सुरक्षा फौजदेखि लिएर हातहतियारहरु पनि खरिद गर्ने किसिमको कुरा त्यो सन्धिमा पुनरावलोकन भएको छ । अहिले जो विवाद भैरहेको छ, दोक्लाम क्षेत्र, त्यो दोक्लाम क्षेत्र भारतको नभई भुटानको क्षेत्र हो । भुटान र चाइनाको सिमाना हो र दोक्लाम भन्दा धेरै वर एउटा स्थान छ, त्यो स्थानको नाम गेम्छोङ भन्ने हो । त्यो गेम्छोङ स्थान त्रिदेशीय बिन्दुको रुपमा रहेको छ । जसले भारत, भुटान र चाइनाको त्रिदेशीय सीमा सम्बन्ध जोडेको छ । तर अहिले त्यो स्थान भुटान र चाइनाको सिमा भित्र पुगेको छ । त्यसकारणले गर्दाखेरी भुटान आफै यो हाम्रो भूमि हो भनेर बोलेको अवस्था छैन । भुटान बोल्न पर्ने अवस्थामा भुटान बोलेका छैन तर नबोल्ने मुलुक भारत चाहि बोलिरहेको छ, अरुको विषयमा ।

  • त्यसले नेपालसँग के अर्थ राख्छ, विवाद भारत र चीनको वा भुटानको बिचमा भएको छ ?

-तपाईले ठीक प्रश्न गर्नु भयो, नेपालको ताप्लेजु जिल्लामा पर्ने घिङसाङचुली भन्ने एउटा स्थान छ , त्यो बिन्दुले नेपाल, भुटान र चाइनालाई जोडेको छ । त्यस भुभागले त्रिदेशिय सीमाको रुपमा काम गरेको छ । घिङसाङचुलीबाट अहिले विवाद भैरहेको दोक्लाम क्षेत्र ९५ कि.मि टाढा छ । त्यसकारणले गर्दाखेरी त्यो रोग नेपालमा पनि नसर्ला भन्न सकिदैन । त्रिदेशीय बिन्दु नभएको ठाउँमा भारत गयो भनेपछि, एउटा त्रिदेशीय बिन्दु भएको ठाउँमा भारत नआउँला भन्न पनि सकिदैँन । नेपाल यो विषयमा रणनीतिक हिसाबले अगाडि बढ्ने कि नबढने ? एउटा गम्भिर प्रश्न चिन्ह हाम्रो अगाडी खडा भएको छ ? दोश्रो कुरा, त्यो अहिले विवाद भैरहेको दोक्लाम क्षेत्र, त्यलाई चिकेन नेक पनि भन्छन, त्यसलाई साने घाँटी हो त्यो, जुन १८ देखि २७ किलोमिटरको छ । त्यो घाँटी यदि भारतले आफ्नो बनाउन सकेन भने भारतमा सात वटा प्रान्त रहेका छन । ति सात वटा प्रान्त भारतबाट छट्टिन सक्छन । त्यो दृष्टिकोणले पनि त्यो चिकेन नेक चाहि आफ्नो प्रयोगमा ल्याउनको निमित्त त्यो बाटो प्रयोग गरे मात्रै उ त्यहाँ पुग्न सक्छ, त्यस कारण भारत त्यहाँ विवाद गर्दै छ ।

LOADING...
  • भारतले भुटानको भुमिमा आफ्नो हो भनेर विवाद गर्नुका अन्य सुक्ष्म कारणहरु के के हुन सक्छन ?

-अहिले भारतले जिएसटी कर प्रणाली लागु गरेको छ, त्यो जिएसटी प्रणाली लागु भएपछि भारतको केन्द्रिय सरकार र प्रान्तिय सरकारबीच दुरी बढेको छ । त्यो हिसाबले हेर्दाखेरी पनि एकातिर चिकेननेक छ, र अहिले दोक्लान क्षेत्र । त्यो भुमि नपाएमा त्यहाँ उसले आफ्नो पकड जमाउन नसक्ने र यो जिएसटी कर प्रणालीले उसको प्रान्तसँगको सम्बन्ध झन बिग्रिदै गएको छ, उनीहरुबीचको दुरी पनि बढेको छ । त्यो हँुदाखेरी अलिकति उसलाई आफ्नो देशको आन्तरिक मामलाका हिसाबले गाह्रो पर्ने भएको कारणले गर्दाखेरी उ त्यहाँ हस्तक्षेप गरेरै भएपनि अर्काको भूमितिर गैरहेको छ । अर्को कुरा के पनि आएको छ भने मोदी सरकार भारतमा आइसकेपछि त्यहाँ केहि साम्प्रदायिक दङ्गाहरु भए, हिन्दु मुस्लिमबीच साम्प्रदायिक दङ्गाहरु भए र अहिले भारतमा मोदिको आलोचना भएको छ, त्यो हिसाबले त्यो आलोचनाालाई मत्थर पार्नका निमित्त पनि त्यो विवाद भारतले सिर्जना गरेको हुन सक्छ । अर्को कुरा सन् १९६२ मा जुन चाइना र भारतको युद्ध भयो त्यसबेला भरतमा नेहरु थिए । त्यतिखेर एक रातको २४ घण्टामा ४० किलोमिटरे चाइनाले घेरिसकेको थियो भारतलाई, त्यसकारण नेहरुले हाम्रा भारतीय सेना बहादुरीका साथ पिछ हठरहा है, भनेका थिए । भारतमा युद्ध हुँदाखेरी बहादुरीका साथ अगाडि बढने होकि पछाडि हट्ने हो । उसले बहादुरीका साथ पिछ हठरहा है भनेर भनेको के थियो । अहिले पछिल्लो समयमा आईसकेपछि वान बेल्ट वान रोड भन्ने चाइनाले ल्यायो । त्यो ल्याइसकेपछि उसले धेरै देशलाई जोडेको छ, यसमा १२४ अर्ब अमेरिकी डलर खर्च गरेको छ, र विश्वका धेरै देशलाई जोडेको छ । यो जोड्नुको मुख्य कारण भनेको उसले आर्थिक हिसाबले हो । उसले सन २०५० सम्ममा चाइना अमेरिका भन्दा दोब्बर आर्थिक वृद्धिदरले बढने दाबी गरेको छ । त्यसकारणले गर्दाखेरी अब सुरक्षाका हिसाबले, डिफेन्सका हिसाबले पनि चाइना बलियो हुँदै गयो र आर्थिक हिसाबले पनि चाइना बलियो हुँदै गएपछि साम्राज्यवादी र बिस्तारवादीहरुले चाइनामाथि हस्तक्षेप गर्ने हिसाबले यो दोक्लाम काण्ड सिर्जना गरिएको हो भन्ने लाग्छ ।

  • दोक्लाममा भुटान, चाइना र भारतबीचको विवाद देखिन्छ, तर यसमा नेपालीहरुको चासो राख्नुपर्ने र कसैको पक्ष वा विपक्षमा बोल्नुपर्ने अवस्था त छैन नि ? यो विषयलाई कसरी बुझ्ने?

-हो यहि विषय मैले उठाउन खोजेको थिए, तपाईले ठ्याक्कै ठाउँमै सोध्नु भयो । मैले भन्न खोजेको कुरा नेपाल, भुटान, भारत र चाइना भनेको हामी एकअर्कामा सम्बन्ध राख्दछौँ, विभिन्न किसिमका सम्बन्धहरु जोड्ने गर्दछौँ, एक आपसमा र मैले अघि पनि कुरा उठाए, ताप्लेजुङको घिम्सिङ चुलिको, त्यो ठाउँबाट दोक्लान भनेको जम्मा ९५ किलोमिटरमा रहेको छ । भनेपछि तपाईको ९५ किलोमिटर धेरै टाढाको कुरै हैन । यदि त्यहाँ उठेका कुराहरु फेरी यहाँ आएर नेपालसँग जोडियो भने दोक्लाम जस्तै नेपालको अवस्था हुन के बेर ? त्यस कारण हाम्रो चासो र चिन्ता हुनु आवश्यक छ ।

  • हामीले कहिले चाइनालाई अलिकति नजिक ठानि राख्छौँ र कहिले भारतलाई, तर यथार्थ कुरा नेपालको हितमा को भन्ने नै हुन्छ होला, लिपु लेकको विषयमा चाइना र भारतले व्यापारिक सम्झौता गरे, त्यसतबेला हाम्रो हितमा कुन देश बोल्यो र अहिले हामीले बोल्ने ?

-लिपुलेक भनेको महाकालीको शिर हो । इतिहासमा हेर्नुहोस्, महाकाली भनेको नेपालको शिर हो, लिपुलेकको नेपाल त्रिदेशीय बिन्दु हुँदाहुँदै पनि नेपाललाई नसोधि चाइना र भारतले आफ्नो एकलौटी व्यापारिक मार्ग खोल्यो । उनीहरु दूईवटाबीचमा सम्झौता भयो । पछि हामीले विरोध गर्यौ, चाइना एम्बेसिमा ज्ञापन पत्र बुझायौँ, भारतीय एम्बेसिमा ज्ञापन पत्र बुझायौँ तर चाइनाले त्यतिखेर हामीले ज्ञापन पत्र बुझाई सकेपछि चाइना एम्बेसिबाट चाइनामा कुरा भएको थियो । त्यो पत्रपत्रिका, समाचारहरुमा अलि व्यापक भएको अवस्थो थियो । तर भारतले केही पनि बोलेन त्यसकारण गर्दा पनि सीमानाको कुरामा असल छिमेकी बोल्नै पर्छ । देशको ७१ ठाउँमा सिमाना मिचिएको छ, भारतको तर्फबाट जङ्गि पिल्लरहरु हराइरहेका छन । तीन थरीका जङ्गि पिल्लरहरु मध्ये धेरै हराई सकेका छन । चाइनाबाट पनि मिचिएको छ भुभाग तर भारतले जसरी हस्तक्षेप गरेकोे छैन । अहिले तराईका आदिवासी, जनजाती र मधेशीहरुलाई तराईबाट लखेट्ने काम भैरहेको छ । उताबाट भारतीयहरुले अंगिकृत नागरिकता भटाभट लिइरहेका छन । पाँच बर्षमा तीन हजारले नागरिकता पाएका छन । त्यसकारणले गर्दाखेरी पनि अब सीमानाका दृष्टिकोणले, नागरिकताका दृष्टिकोणले लगाएत सबै दृष्टिकोणले भारतले हामीलाई बढि पेलेको, चेपेको छ, त्यसो हुँदाखेरी भारत भन्दा चाइना यो विषयमा अलिकति संवेदनशिल भयो कि भन्ने मलाई लाग्छ ।

  • त्यसो भए भारतले दोक्लाम क्षेत्रमा पनि आफ्नो बिस्तावादी नीति लाद्न खोजेको हो ? त्यसो भन्न सकिन्छ ?
LOADING...

-इभन जसलाई चासो हुनुपर्ने हो, उ बोलेको छैन तर भारतले किन दाबी गर्ने ? यो कुरामा भुटानीहरुलाई चासो हुनुपर्ने हो नि । भुटान त केहि बोल्दै बोल्दैन तर चासो नै नभएको शक्ति गएर त्यहाँ हस्तक्षेप गरिरहेको छ । यसले उसको विस्तारवादी शैलि प्रष्ट रुपमा प्रदर्शन गरिराखेको छ ।

  • दोक्लाम क्षेत्रसँग सीमाना जोडिएको भुटान यतिखेर छाँयामा बसेको जस्तो देखिन्छ, यसको भित्रि रहस्य के हुन सक्छ ?

-दोक्लाम विवाद त मुख्य दूईवटा देशबीच हुनुपर्ने हो । त्यो चाइना र भुटानको सिमाना हो तर चाइनाका विदेश मन्त्रीका श्रीमती भुटान गएको बेलामा उनले समकक्षीसँग सीमाको विषयमा भारतले दाबी गर्छ, त्यसमा तपाईहरु किन बोल्नुहुन्न भनेर सोध्दाखेरी उनले भनेकी थिइन रे–‘हामीले २००७ पछि भारतबाट यो डिफ्रेन्सको नीतिमा पुनरावलोकन भैसकेपछि हामी बाध्यकारी भएनौँ, भारतसँग निहुरिनु पर्ने बाध्यता अहिले छैन । त्यसकारणले अहिले उठेको यो विवाद टिक्ने विवाद होइन । यो कृतिम विवाद सिर्जना भएको छ भारतबाट, त्यसैले गर्दा हामी यसमा मुछिन चाहदैनौ ।’
उनले के सम्म भनेका छन भने, यत्रो मिडिया आएपनि यो विषयमा हामी जानकार छैनौँ भनेर भनेका छन । त्यसले गर्दाखेरी चाइना र भुटानको के छ भने अहिले पछाडिको कुरा चाहि फेरी वान वेल्ट वान रोड अन्तर्गत सडक भनेको जसरी हाम्रो शरिरमा नशा भनेको रक्त सञ्चार गर्ने ठाउँ हो भने त्यसकारण सडक भनेको आर्थिक सञ्चार हुने ठाउँ हो, आर्थिक सञ्चारको नशा हो सडक भनेको र उनीहरुले चाइनाबाट वान वेल्ट वान रोड अनुसार त्यसरी सीमानामा सडक जाने भएपछि विश्वका धेरै देशहरुलाई छुने भैसकेपछि, जसलाई पनि आर्थिक सम्वृद्धिको चाहना हुन्छ । त्यो चाहना हामीलाई पनि होला त्यसकारणले गर्दाखेरी भुटानले त्यो विवाद हुने ठाउँ नै नभएकोले गर्दाखेरी यो कुरा बाहिर आइरहेको जस्तो लाग्छ मलाई ।

  • यो दोक्लाम क्षेत्रको दाबी र विवादको विषयमा हाम्रो सरकारले के गर्नुपर्ला । कस्तो खालको प्रतिकृया उचित हुन्छ, तपाईको विचारमा ?

-राज्यले त यो विषयमा बोलेकै छैन । अस्ति एक जना सभासद, मन्त्रीले बोलेका थिए, अनुराधा थापाले । त्यसपछि कसैले पनि बोलेको छैन, इभन राष्ट्रवादी भन्ने नेताहरुले पनि बोलेका छैनन् । त्यसैले म के भन्न चाहन्छु भने, यो दोक्लाम विषय भनेको एउटा गम्भिर विषय हो । सुरक्षाका दृष्टिकोणले र सबै दृष्टिकोणले यो गम्भिर विषय हो । त्यसकारणले गर्दा नेपाल सरकारले एउटा धारणा क्लिएर बनाउनु पर्दछ । कतै पट्टि हामी लम्किनु पर्ने, कतै पट्टि झुकाव राख्नु पर्ने आवश्यक्ता छैन । तर हामीले जे देख्छौ तटस्थ भएर, एउटा सम्बन्ध जुन चिस्सिएको छ चाइना र भारतको यसमा हामीले मध्यस्तकर्ताको भुमिका निभाउनु पर्दछ । चाइना र भारत हाम्रा छिमेकी राष्ट्रहरु हुन । हामीले उनीहरुलाई सघाउनु पर्ने हुन्छ र यस्ता किसिमका विवादहरु पटक, पटक नदोहोरियोस भनेर विवादित मुलुकलाई हामीले सजग पनि गराउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

(अन्तरर्वाताका पात्र हेमन्त सेढाई राष्ट्रियताका लागि युवा तथा विद्यार्थी अभियान, नेपालका अध्यक्ष हुन । उनी राजनीति र अन्तराष्ट्रिय सम्बन्धका विषयमा विश्लेषण समेत गर्दछन ।)

LOADING...