धादिङमा ट्रक दुर्घटनाः २ जना घाइते

घाइतेको उपचार हुँदै

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन ।

ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको हो । उक्त ट्रक काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको जोगीमारा प्रहरीले जानकारी दिएको छ ।

विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिई ट्रक खोलामा खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाबाट घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् ।रासस