तस्करसँग सेटिङ मिलाउने प्रहरी निरीक्षक कारवाहीमा

विराटनगर । तस्करी चलाउन सेटिङ मिलाएर तस्करसँग रकम लिने गरेको विवादमा तानिएपछि विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ ।

सेटिङु मिलाएर नेपाल भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउने गरेको विवादमा मुछिएपछि कारवाहीका लागि उनलाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ ।

उनलाई जिप्रका तानिए पनि उनका ठाउँमा रानीमा कसैलाई पठाइएको छैन । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टरार्इको निर्देशनमा यादवमाथि कारवाहीका लागि थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।