प्रधानमन्त्री देउवा भदौ १ गते भारत भ्रमण जादै

भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भदौ १ देखि ५ गतेसम्म भारत भ्रमण गर्ने अनौपचारिक तयारी भएको छ ।

प्रधानमन्त्री देउवाको पाँच दिने भारत भ्रमणको लागि समय तालिका समेत तयार भएको श्रोतले जनाएको छ । औपचारिक मिति घोषणा भने नभएको भारतीय कूटनीतिक स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले भदौ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तयारी भएको छ । उनको आन्ध्र प्रदेश जाने विषयमा छलफल भएता पनि निर्णय गर्न बाँकी छ ।

नेपाल भारतको कूटनीतिक स्तरमा तयार भएको समय तालिका अनुसार प्रधानमन्त्री देउवा भदौ १ मा दिल्ली गएर भदौ ५ मा स्वदेश फर्किने छन् ।