अघि बढ्यो निर्वाचन कानुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा

३ प्रतिशत थ्रेसहोल्ड प्रस्तावमा साना दल असन्तुष्ट

काठमाडौं । व्यवस्थापिका संसद्ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ ।

संसदको बैठकले आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।

यसअघि सांसदहरूलाई संशोधन दर्ताका लागि उपलब्ध गराइएको समयावधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा ४२ र प्रदेशसभा सदस्य निर्वाचन विधेयकमा ३५ वटा संशोधन व्यक्तिगत र सामूहिक परेका थिए ।

संशोधन प्रस्ताव निर्वाचनको मिति तोक्ने अधिकार, प्रत्यक्ष प्रणालीलाई समावेशी बनाउने विकल्प र निर्वाचन खर्च नियन्त्रणमा केन्द्रित छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।