उपराष्ट्रपतिको निवासमा अज्ञात समूहद्धारा आक्रमण, एक गम्भीर घाईते

आक्रमणकारीको खोजी हुँदै

केन्या । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ ।

कैन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित बनेका उहुरु केन्याटाको रोजाईमा उपराष्ट्रपति बनेका रूटोको घरमा शनिवार आक्रमण हुँदा उनीभने घरमा नभएको सुरक्षाकर्मीले बताएका हुन ।

आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते भएका छन् ।

घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण गरेको र जेएसयुका अधिकारीसँगबाट अत्याधुनिक हतियार खोसी अन्धाधुन्ध गोली चलाएपछि उनी घाइते भएका हुन् । उक्त समूह आक्रमणपछि फरार रहेको बताइएको छ ।

सुरक्षाकर्मीका थप समूहलाई उपराष्ट्रपतिको नैरोवीबाट ३१२ किलोमिटर टाढा रहेको एल्डोरेट नजीकैको शहरमा अवस्थित घर बरपर पठाई आक्रमणकारीको खोजी भइरहेको छ । रासस