एमालेमा पुनः जातीय एजेन्डाको बहस सुरू

काठमाडौं । एमालेका जनजाति पृष्ठभूमिका नेताहरूले आदिवासी जनजातिका मुद्दालाई नयाँ ढंगले पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै बहस सुरु गरेका छन् ।

स्थानीय तहको ६ वटै प्रदेशको निर्वाचनमा अन्य पार्टीको तुलनामा एमालेबाट उल्लेख्य जनजाति पृष्ठभूमिका नेता तथा कार्यकर्ता निर्वाचित हुनुले पार्टीले अघि सारेको जनजातिका मुद्दा र एजेन्डा सही स्थापित भएको उनीहरूको तर्क छ ।

निर्वाचन परिणामका आधारमा जनजातिका एजेन्डालाई नयाँ ढंगले पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको निष्कर्ष छ ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, नेताहरू पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, शान्ता चौधरी, कृपाशुर शेर्पा, पासाङ शेर्पालगायतले लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत वर्गीय मुद्दालाई प्रधान बनाएर जातीय समस्यासँग जोडिएको एजेन्डालाई पनि सँगसँगै उठाउनुपर्ने सुझाब दिएका छन् ।यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।