किन हराउँछन् पर्यटक ?

काठमाडौं । गत वैशाखमा धादिङ–रसुवा र नुवाकोट क्षेत्रमा पर्ने रुवीभ्याली घुम्न गएका ताइवानी पर्यटक जोडी लाइङ सिङ युन र लिउ चेन चुन ५४ दिनसम्म बेपत्ता भए ।

हिमपातका कारण जमेको बाक्लो हिउँमा चिप्लिएर लडी उनीहरू २ सय मिटर तल खसे । ५५ औं दिनमा उनीहरूको उद्धार भएको थियो । लिउ चेन चुनले ज्यानै गुमाए भने उनका प्रेमी लाइङ सिङ युनको भने ५५ औं दिनपछि जीवितै उद्धार भयो ।

नेपाल घुम्न आएर हराएका पर्यटक उनीहरू नै पहिलो भने होइनन् । पर्यटक प्रहरी कार्यालयका अनुसार ०६९र७० देखि हालसम्म हराएका÷बेपत्ता भएका पर्यटकको संख्या ६२ पुगेको छ ।

२०३७ चैत १ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका पर्यटक जोडी ओल्फगाग र हेनरिखे सोही वर्षको कात्तिकमा पोखरा–जोमसोम–साल्दाङ–छार्काभोट–दुनै–ढोरपाटन–पोखरा घुम्न जाँदा हराएका थिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।