संविधान संशोधन होइन, चुनाव हुनु पर्छः अध्यक्ष ओली

केन्द्र र प्रदेशसभाको चुनाव एकै दिन नगर्न आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भन्दा पहिले आफुहरु निर्वाचन तर्फ केन्द्रीत भएको बताएका छन ।

ओलीले आफ्नो तिब्बत भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै त्यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा गरेको निर्णयमा आपत्ती जनाउँदै केन्द्र र प्रदेशसभाको चुनाव एकै दिन हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सोचमा सरकार रहेको भन्दै सोहि अनुसार तयारी गर्न आग्रह गरेका थिए ।

उनले तिब्बतमा दुईपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताएका छन । उनले राजपालाई पनि निर्वाचनमा सहभागि गराउन आग्रह गरेका छन ।