राजधानीमा पाँच बर्षे बालकको अपहरणः स्कुल गएका बिशाल फर्केनन्

प्रहरीद्धारा एक पक्राउः अनुसन्धान प्रकृया जारी

काठमाडौं । राजधानीको क्षेत्रपाटी, पकनाजोलमा रहेको सरस्वती उच्च मावि स्कुलमा अध्यन गर्न गएका पाँच बर्षीय बालक बिशाल चौधरी हिजो दिउँसदेखि सम्पर्क विहीन भएका छन ।

बुटवल स्थायी घर भएका अजय चौधरीकाका छोरा बिशाल अहिलेसम्म सम्पर्कमा नआएपछि अभिभावकहरुले अपहरणमा परेको हुन सक्ने आशंका गरेका छन । चौधरी काठमाडौंको असनमा बस्ने गर्छन ।

विद्यालयमा अभिभावक आफैले पुर्याएको बालक बिदा भएपछि विद्यालयमा लिन जादा नभेटिएपछि अभिभावकहरु सोकमा परेका छन ।

अहिले बालकका अभिभावक र स्थानीयवासीहरुले सोह्रखुट्टे प्रहरी बृतमा पुगेर घटनामा संलग्नको खोजि गर्न प्रहरीलाई दवाब दिएका छन । अहिले उनका अभिभावकहरु प्रहरी बृत अगाडि रहेका छन ।

घटनाको विषयमा हरपल नेपालसँग कुरागर्दै सोह्रखुट्टे प्रहरी बृतका प्रहरी नायव उपरिक्षक सोमेन्द्रसिंह राठोरले घटनाको जानकारी पाएपछि प्रहरलिेले अनुसन्धान प्रकृया अघि बढाएको बताए । राठोरले अनुसन्धानको क्रममा बालकको घरमै काम गर्ने एक जनालाई पक्राउ गरेको बताएका छन ।

प्रहरी अनुसन्धान प्रकृयाबाट बालक भेटिने सम्भावना रहेको बताउदै राठोरले भने–‘बालको खोजिको लागि हामीले विशेष अनुसन्धान प्रकृया थालेका छौ । आशा गरौं बालक छिट्टै भेटिने छन ।’

सम्पर्क विहीन भएका बालकका बुबा अजय चौधरी घरेलु औजारको व्यापारी हुन । हाल उनी असनमा ब्यापार–व्यवसाय गर्दै आएका थिए । उनको ब्यापार ब्यवसाय समेत पछिल्लो अवस्थामा राम्रो चलेको थियो ।