नाइजेरियामा बोको हराम विद्रोहः आठ बर्षमा २० हजारको मृत्यु

सरकारलाई धक्का

नाइजेरिया । नाइजेरियामा इश्लामवादी लडाकु समूह बोको हरामको धरापमा परेका मानिसहरुलाई उद्दार गर्ने क्रममा चालीस भन्दा बढी मारिएका छन्।

माइडुगुरी विश्वविद्यालयका एकजना प्रवक्ताले तेल अन्वेषण समूहका कम्तीमा पाँच सदस्य मारिएको बताए। एम्बुसमा सिपाही र भिजिलान्ते समुहका सदस्य पनि मारिएका छन्।

ठूलो संख्यामा मानिस मारिएपछि विद्रोह परास्त भइसकेको बताउँदै आएको सरकारका लागि धक्का लागेको बताइएको छ। बोको हराम विद्रोह सन २००९ मा शुरु भए यता कम्तीमा २० हजार मारिएका र हजारौं अपहरणमा परेको बताइएको छ।

मंगलबार के भएको थियो भन्ने प्रष्ट भइसकेको छैन तर सेनाबाट प्राप्त प्रारम्भिक रिपोर्टहरुमा माइडुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भविद र सर्वेकर्ताहरुको उद्दार गरिएको बताइएको थियो। तर विश्वविद्यालयले दुई प्राध्यापक र एक ड्राइभर सहित विश्वविद्यालयका कम्तीमा पाँचजना कर्मचारी मारिएको जनाएको छ ।

श्रोतहरुका अनुसार चालीस भन्दा बढी मारिएकामध्ये धेरैजसो सिपाही र भिजिलान्ते समुहका स्वयंसेवीहरु परेका छन्।
केही श्रोतले मारिनेको संख्या बढ्नसक्ने जनाएका छन्। (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)