डा. केसीसँग आज ११ बजे भेट वार्ता

काठमाडौं । चार दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी वार्ता समितिले बिहीबार साँझ केसीसँग भेटेको छ ।

भेटमा दुई पक्षबीच आज (शुक्रबार) पहिलो वार्ता गर्ने सहमति भएको छ । आफ्ना पुराना माग यथावत राख्दै शिक्षण अस्पताल सुधारका थप मागसहित सोमबारदेखि डा। केसीले पुनः अनशन थालेपछि सरकारले त्यसप्रति चासो देखाएको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०का पदाधिकारी, चिकित्सा शिक्षा अध्ययन शुल्क, मेडिकल कलेजको सम्बन्धन, आईओएमको स्वायत्ततालगायत विषयमा केन्द्रित उनका मागमा शिक्षण अस्पताल सुधारका सातबुँदे माग थपिएका छन्।

समितिका सदस्य र डा. केसीबीच अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आधा घन्टा छलफल भएको हो । डा. केसी वार्ताका लागि सकारात्मक छन। पहिलो औपचारिक वार्ता आज (शुक्रबार) बिहान ११ बजे हुन्छ’,

समितिका सदस्यले डा. केसीलाई आफैं वार्तामा बसिदिन आग्रह गरे पनि उनले आफ्ना तर्फबाट जीवन क्षत्री, रञ्जन सापकोटा र वाईपी सिंहले वार्ता गर्ने बताएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।