एकिकृत राप्रापाको प्रचार समितिमा पाण्डे मनोनित

पार्टी कार्यक्रमलाई सञ्चारमाध्यमसँग जोड्ने प्रतिबद्धता

काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले केन्द्रीय प्रचार प्रसार समिति सदस्यमा सुन्दर पाण्डेलाई मनोनित गरेको छ । नेता पाण्डे नुवाकोटका स्थायीवासीन्दा हुन् ।

एकिकृत राप्रापा राष्ट्रवादीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले उनलाई उक्त समितिमा मनोनित गरिएको सार्वजनिक गर्दै कार्यकाल सफलताको शुभकामना र बधाई समेत दिए ।

राप्रपासँग अलग्एिको छोटो समयमै एकिकृत राप्रपा राष्ट्रवादीले केन्द्रदेखि जिल्ला तहसम्म पार्टी, संगठन निर्माणको कार्य तिब्रताका साथ गरिरहेको छ ।

पछिल्लो समयमा एकिकृत राप्रपामा विभिन्न पार्टी परित्यागगरी आउने क्रमसमेत जारी रहेको नेता सुन्दर पाण्डेले हरपल नेपालसँगको कुराकानीका क्रममा बताए।

पाण्डेले पार्टीको प्रचार प्रसार समितिको जिम्मेवारी पाएसँगै सञ्चारमाध्यमसँगको सम्बन्धलाई राम्रो बनाउँने बताएका छन ।

उनले हरपलसँग कुरा गर्दै पार्टीको नीति कार्यक्रमलाई सञ्चारमाध्यमसँग पुर्याउने पुलको रुपमा काम गर्ने र सहकार्य गरेर अघि बढ्ने बताए ।