निर्वाचन विधेयकमा थरी–थरीका संशोधनः प्रत्यक्षमा समेत आरक्षण प्रस्ताव

निर्वाचन मिति कानुनमै तोक्न माग

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सांसदले थरी–थरीका संशोधन प्रस्ताव ल्याएका छन् ।

संसद्मा संशोधन राख्ने समयसीमाको अन्तिम दिन बिहीबारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकका विभिन्न दफामाथि ४२ र प्रदेशसभा सदस्य निर्वाचन विधेयकमाथि ३५ वटा संशोधन दर्ता भएका छन् ।

व्यक्तिगत र सामूहिक संशोधन प्रस्ताव दर्ता गराउने सांसदमा प्रतिपक्षी मात्र नभई प्रमुख सत्तारूढ कांग्रेस र माओवादी केन्द्रका समेत छन् ।

सांसदहरूले एकल र संयुक्त रूपमा दर्ता गराएका अधिकांश संशोधन निर्वाचन मिति तोक्ने अधिकार, प्रत्यक्ष प्रणालीलाई समावेशी बनाउने विकल्प र निर्वाचन खर्च नियन्त्रणमा केन्द्रित देखिन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।