विस्तृतमा हेर्नुहोसः यसरी भयो विवेकशील र साझा पार्टीको एकता

३४ सदस्यीय सममितिमा को–को परे ?

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीले आज पत्रकार सम्मेलन आयोजना गरेर पार्टी एकता भएको घोषणा गरेका छन ।

बैकल्पिक शक्तिको रुपमा उदाएका दुवै पार्टीले पार्टी एकता गरेर बिबेकशील साझा पार्टी नाम राखेका छन । एकिकरण भएको उक्त पार्टीले लोगो र चुनाव चिन्ह तराजु राखेको छ ।

आज एकता भएको बिबेकशील साझा पार्टीले ५१ सदस्यीय केन्द्रीय कमिटि बनाउने घोषणा गरेको छ ।

आज ३४ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ । त्यसैगरी आठ सदस्यीय समन्वयन समितिको गठन गरेको छ । जसको नेतृत्व रविन्द्र मिश्र र उज्जवल थापाले गरेका छन ।

उज्वल थापाका सहयोगी भुपदेव शाहले हरपल नेपाल डटकमसँग कुराकानी गर्दै पार्टी सामुहिक नेतृत्वको सिद्धान्तका आधारमा चल्ने बताए । उनका अनुसार हालका लागि थापा र मिश्र दुवै पार्टीको कार्यकारी नेता रहने छन ।

अहिले पार्टी एकताको औपचारिक घोषणा कार्यक्रम सकिएको छ भने पार्टीको नीति सिद्धान्त र नेतृत्वको विषयमा अन्तरक्रिया भैरहेको उनले बताएका छन ।

यस्तो बन्यो ३४ सदस्यीय केन्द्रीय समिति

नयाँ घोषणा भएको विवेकशील साझा पार्टीले चार जना पछि थप्ने गरी ३४ सदस्यीय समिति बनाएको छ । उक्त पार्टीको केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, किशोर थापा, अर्जुनसिंह ठकुरी, अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ लगायत रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, प्रकासचन्द्र परियार, पुकार बम, शशीविक्रम कार्की, सोभा शाक्य,जीवन श्रेष्ठ, दिनेश प्रसाई, मानवी पौडेल, सरोज धिताल, साधना राई सुवुना बस्नेत, ज्ञानेन्द्र निरौला र सोभिता परियार रहेका छन् ।

पार्टी सामुहिक नेतृत्वको सिद्धान्तबाट चलाउने र नेपाली राजनीतिमा वैकल्पिक राजनीतिकको अभ्यास गर्ने बताइएको छ ।