सिटिइभिटि र निजि शैक्षिक संस्थाको मिलेमतोमा परीक्षामा फर्जि विद्यार्थी समावेश गरेको क्रान्तिकारीको आरोप

दोषीलाई कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद भक्तपुर र निजि विद्यालयका सञ्चालकहरुको मिलेमतोमा फर्जि विद्यार्थीहरुलाई परीक्षामा सामेल गराइएको र शैक्षिक विकृती फैलिएको भन्दै माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले विरोध जनाएको छ ।

सिटिइभिटि अन्तर्गत गत साउन सात गते सञ्चालन भएको डिप्लोमा तहको पूर्ण शुल्कीय प्रवेश परीक्षामा देशका विभिन्न ठाउँबाट प्रश्नपत्र बाहिरिएको, परीक्षामा फर्जि विद्यार्थी भेटिएको भन्दै क्रान्तिकारीले कार्वाहीको माग सहित विरोध जनाएको हो ।

अखिल क्रान्तिकारीका सिटिइभिटि इन्चार्ज भगतसिंह ठेकरे बोहराले हरपल नेपालसँगको कुुराकानीगर्दै शैक्षिक विकृती मच्चाउने सरकारी निकायका कर्मचारी, निजि शैक्षिक संस्थाका मालिकहरु र त्यसमा संलग्नहरुलाई कडा कार्वाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

नेता बोहराले भने–‘काठमाडौंको अन नेपाल लगायत केही परिक्षा केन्द्रबाट फर्जि विद्यार्थी फेला परेका छन । हामीले शैक्षिक सुधारको लागि आवाज उठाउदै आएका छौ । त्यो कार्यमा संलग्नहरुलाई कडा कार्वाहीको हुनुपर्छ ।’

उनले सिटिभिटि र निजि शैक्षिक संस्थाका मालिकहरुको मिलेमतोमा त्यस्तो गतिबिधि भएको भन्दै अनियमितता, अपारर्शिता, भ्रष्टाचार र शैक्षिक विकृतीमा संलग्नहरुलाई कडा कार्वाहीको लागि आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

शैक्षिक विकृती र परीक्षामा फर्जि विद्यार्थी फेला परेको विषयमा नेपाल प्रहरीका प्रवकता पुस्कर कार्कीसँग हरपल नेपाललेको प्रश्नमा उनले परीक्षा केन्द्रबाट पक्राउ परेकाहरुलाई कानुनी रुपमा सजाय हुने र त्ये कसरी सम्भव भयो र कस्को हात छ भन्ने विषयमा प्रहरीले पनि आफ्नो ठाउँबाट अनुसन्धान गर्ने बताए ।

प्रवक्ता कार्कीले नेपाल प्रहरीले सबै खालका भ्रष्टाचार, अनियमितता र अपराधमा संलग्नहरुको अनुसन्धान गरेर कार्वाही गर्ने मिसन सञ्चालन गरिरहेको समेत बताए।