छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ

सुर्खेत । पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमकला विक छाउपडी ९रजस्वला० बार्ने चलनविरुद्धको अभियानमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमकला नै छाउगोठमा सुत्न बाध्य छिन् ।

गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थेु, उनी भन्छिन्, त्यसबेला गाउँका सबै चुप भए, हामीले घरघरमा पुगेर छाउगोठ भत्कायौं ।

अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन । धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा गोठमा सुत्ने गरेको उनको भनाइ छ ।

उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरू नै अहिले छाउगोठमा जान बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ता नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो ।

जिल्लाको पश्चिमी क्षेत्र बाबियाचौर, तातापानी, विद्यापुर, गुटु, घाटगाउँ र बेतानमा अभियान सञ्चालन हुँदा महिला र किशोरी नै अभियानको नेतृत्वकर्ता थिए । हिजोआज उनीहरू आफैं छाउगोठमा फर्किएपछि स्थानीय धामीझाँक्रीको मनोबल बढेको छ ।

अभियानका बेला छाउगोठ भत्काउन सहमति दिने धामीझाँक्रीले यतिबेला देउताका लागि पनि छाउ बार्न भन्दै दबाब दिइरहेका छन् ।

ुछाउगोठमा ज्यानको बाजी लगाएर सुत्नुपरेको छ, देउताको नाममा कहिलेसम्म हामीले पीडा भोग्ने यो गलत प्रथा हटाउनै पर्छ, त्यसका लागि ठूलो बल आवश्यक छु, पञ्चपुरी(६ की किशोरी अमृता कँडेल भन्छिन् । यो समाचार आजको अन्नपूर्र्ण पोस्टमा प्रकाशित छ ।