प्रधानमन्त्री देउवा आज पनि मन्त्री परिषद विस्तार गर्न असफल

पौडेलद्धारा ६ वटा महत्वपूर्ण मन्त्रालयको माग

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपालीकांग्रेस सभापति शेर बहादुर देउवा आज पनि मन्त्री परिषद विस्तार गर्न असफल भएका छन ।

आफ्नै पार्टी भित्रका नेता रामचन्द्र पौडेल समुहको विवादका कारण आज हुने मन्त्री परिषद विस्तार असफल भएको हो ।

पौडेल पक्षले माग गरेको ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने चेतावनी दिएको छ ।
देउवाका अनुसार भोलि नयाँ१८ जना मन्त्री थपिने भएका छन् । जसअनुसार कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री बन्नेछन ।