सडकको धुलो ब्यवस्थापनको माग गर्दै राजधानीमा सांकेतिक विरोध

नागरिकको समस्यामा सरकारलाई जिम्मेवार बन्न आग्रह

काठमाडौं । उपत्यकाको सडकको धुलो, धुवाँ र हिलो हटाउन सरकारको ध्यानाकर्षण गराउन आज काठमाडौंमा सांकेतिक विरोध गरिने भएको छ ।

चलचिचत्रकर्मि, नागरिक समाज र सचेत नागरिकहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिन लागेको हो ।

देशको राजनीतिक ब्यवस्थामा परिवर्तन आएको छ, धेरै पटक सरकारहरु परिवर्तन भएका छन तर पनि लामो समयदेखि राजधानीका सडकहरुमा देखिने यो समस्याको सरोकारवाला निकायले ध्यान नदिएकाले सरकारलाई जिम्मेवार बनाउन उक्त कार्यक्रमको आयोजना गरिएको चलचित्र निर्माता संघ नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता नवल खड्काले हरपल नेपालसँग बताए ।

हरपलसँगको कुराकानीमा नवलले भने–‘नागरिकले सडकमा भोग्नु परेको समस्या र त्यसमा सरकारलाई जिम्मेवारी बोध गराउनका लागि त्यो कार्यक्रमको आयोजना गरिएको हो । यसमा सहभागि हुन चाहने सबै आयोजक हुनेछन, यो सामुहीक हितको लागि गरिने कार्यक्रम हो ।’

राज्यलाई सडकको समस्या प्रति सचेत बनाउने खालका नाराहरु लेखिएको प्लेकार्डहरु सहित अहिले ठीक ३ः४५ बजे र्याली निकाल्ने तयारी भैरहेको बताइएको छ । उक्त र्याली माइतिघर मण्डला चोकमा पुगेर केही समय प्लेकार्ड प्रदर्शन गरिने बताइएको छ ।

उक्त र्यालीमा कलाकार, चलचित्रकर्मि, नागरिक समाज, पत्रकार, युवा तथा विद्यार्थीहरु लागयतको सहभागिता रहने छ ।