प्रधानमन्त्री देउवाको निर्देशन अवज्ञा गर्दै कर्मचारी विदेश भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारीहरू विदेश भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री देउवाले असार २८ गते नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरू विदेश भ्रमणमा छन्।

अहिले एक सयभन्दा बढी कर्मचारी विदेश भ्रमण रहेका छन् भने आगामी दुई साताभित्रै दुई सय कर्मचारीले भ्रमणमा जाने स्वीकृति लिएका छन् ।

सोमबार मात्रै, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका दस जना अधिकारीहरू ‘क्षेत्रीय सरकारका बारेमा सिक्न र अनुभव आदानप्रदान गर्न’ अस्ट्रेलिया भ्रमणमा निस्किएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।