मन्त्रिपरिषद् विस्तार दुई दिनभित्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक÷दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारदेखि चलेको बैठकको समापन गर्दै उनले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।‘

पार्टी सभापतिले आफ्नो समापन मन्तव्य राख्दै एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिनेछु’, देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य भीष्मराज आङदम्वेले भने । गत जेठ १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएपछि उनी एकै चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिने पक्षमा थिए ।

सत्तारुढ दलभित्रै एकमत हुन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । देउवाले माओवादी अध्यक्ष पुुष्पकमल दाहालको बैंकक भ्रमण, राप्रपाभित्रको अन्तद्र्वन्द्व, संविधान संशोधनलगायत प्रकरणका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ हुँदै गएको तर्क गर्ने गरेका छन् ।

देउवानिकट मानिने कांग्रेस नेता रमेश लेखकले भने,अब चाँडै सम्भवतः बुधबार मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’तर, कांग्रेसले अझै मन्त्रिपरिषद्मा सहभागी गराउने नाममा सहमति बनाउन सकेको छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भागमा रहेका ४ मन्त्रालयमा क(कसलाई पठाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

पौडेलले भने–‘प्रधानमन्त्रीले निर्णायक वार्ता हामीसँग गरेका छैनन् । आज आफ्नो धारणा केन्द्रीय समितिमा राख्दै मंगलबार वार्ता गरी एक दुई दिनमा सरकार गठन गर्छु भनेका छन् ।’यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।