आइसीसी यू १९ विश्वकप छनौट खेलमा नेपाल विजयी

अन्तिम खेल अफगानिस्तानसँग खेल्ने

सिंगापुर । आइसीसी यू १९ विश्वकपको एसियाली छनौटको खेलमा नेपाल विजयी भएको छ ।

आज भएको मलेसियासँगको खेलमा नेपालले ५ विकेटको क्षतीमा ९० रनको लक्ष्य पुरा गरी उक्त खेलमा विजय हासिल गरेको हो ।

नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके ।

मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको लक्ष्य नेपाललाई दिएको थियो । उक्त खेलमा नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिएका हुन ।

अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।