एकजुट बन्दैछन, साउदी पुगेका नेपाली श्रमिकः बकर ईदमा भलिबल खेलको आयोजना

विजेता टोलीलाई नगदसहित प्रमाणपत्रद्धारा सम्मान

साउदी । नेपालमा हुदाँ मधेशी–पहाडी, हिन्दु–मुस्लिम भनेर विवाद तथा तर्क बितर्क गर्न पछि नहट्ने नपालीहरु विदेशमा गएर भने मेलमिलाप र धार्मिक, साँस्कृतिक सहिष्णुता बढाउँन सक्रिय हुने गरेका छन । देशमा हुदाँ राष्ट्रियता र आफ्नै नेपाली दाजुभाईबीच यो वा त्यो बाहनामा चिडिएपनि विदेशी मुलुकमा पुगेपछि भने वास्तवमा आफ्नो देश र राष्ट्रियताको माया मनमा पलाउने र सबैलाई नेपाली दाजुभाई, परिवार जस्तै लाग्ने गरेको उनीहरु बताउँछन ।

बर्दियाका सुरेश चौधरीले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘यतिबेला साउदीमा मुस्लिम समुदायको महान पर्व ईद नजिकिदै छ, सारा बजार नै पर्वको माहोलले रंगिदै गएको छ । सँगसँगै काम गर्ने मुस्लिम समुदायका नेपाली साथीहरु आफ्नो गाउँ घर र परिवारको संम्झना गर्नुहुन्छ र भन्नु हुन्छ, हामी नै अहिलेको लागि परिवार हौ । ईदमा रमाईलो गर्नुपर्छ ।’

सुरेशले ईदको दिन आफुहरुले मिलेर काम गर्ने कम्पनिमा सबै जम्मा भएर रमाईलो गर्ने शुभकामना आदान प्रदान गर्ने योजना बनाएको भन्दै भने–‘वास्तवमा हामी सबै नेपाली हौ, एकले अर्काको सामाजिक, धार्मिक, साँस्कृतिक धरोहरको सम्मान गर्नु पर्छ । किनकी यसरी नै विविधताको फुलले एउटा सुन्दर नेपालको माला बन्न सक्छ । विदेशमा आएपछि आफ्नो देश र सबै समुदायका दाजुभाईको माया लाग्दो रहेछ ।’

सुरेशले जस्तै विदेशका विभिन्न स्थानमा रहेका धेरै नेपालीहरु बदलिदो समाजसँगै आफ्ना सोच र चिन्तनलाई सकारात्मक दिशातिर रुपान्तरण गर्दै मानवताको पक्षमा सबै धर्मको सम्मान गर्दै चाडपर्वहरु पनि मनाउँने गर्दछन ।

त्यस्तै साउदी पुगेका नेपाली युवाहरु पछिल्लो चरणमा राजनीति रुपमा समेत संगठित बन्दै गरेका छन । विभिन्न पार्टीका प्रवास संगठनहरुमा जोडिएर उनीहरुले नेपाली मनको एकतामा जोड दिएका छन । ईदको अवशरमा नेपाली जनप्रगतिशिल मोर्चा साउदीले मैत्रिपूर्ण भलिबल प्रतियोगीताको कार्यक्रम आयोजना गरेको बताएको छ ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईदको दिन आफुहरुले भलिबल खेल प्रतियोगिताको आयोजना गरेको जनाउँदै मोर्चाले सबै नेपालीहरुलाई सहभागि भएर आत्मियता बाड्न आग्रह समेत गरेको छ ।

मोर्चाको तेस्रो महाधिवेशन मुल आयोजक समितिका संयोजक तथा सूचना, प्रचार प्रसार बिभागका इन्चार्ज समेत रहेका मानबहादुर सहकारीले हरपल नेपालसँग कुराकानी गर्दै आफुहरुले बकर ईदको दिनको बिदाको सदुपयोग गर्दै (सेप्टेम्बर १ र २ तारिकखका दिन) साउदी अरबको पुर्वी क्षेत्र दमाममा विदेशीएका सबै नेपालीहरुलाई एकताबद्ध गर्ने उद्देश्यले उकत खेलको आयोजना गरेको बताएका छन ।

सहकारीले खेलकुद प्रतियोगितामा सफल हने समूहलाई नगदसहित प्रमाण पत्रद्धारा सम्मान गरिने समेत बताएका छन । उनका अनुसार प्रथम, दोश्रो र तेश्रो हुने विजेता समूहलाई क्रमस ३००१, २००१ र १००१ नगद (साउदी रियाल) का साथै प्रमाणपत्र प्रदान गरिने छ । खेल साउदीको रियाद–आतिका भन्ने स्थानमा हुने बताइएको छ । त्यसैगरी भलिबल प्रतियोगितामा सहभागि हुन चाहने टिमलाई प्रतियोगिता दर्ताका लागि ३५१ रियाद शुल्क लाग्ने बताइएको छ ।

भलिबल प्रतियोगिता खेलको उद्घाटन साउदीका लागि नेपाली राजदूत प्रा डा. महेन्द्र सिंह राजपुतले गर्ने कार्यक्र तय भएको बताइएको छ । कार्यक्रममा पुर्व कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, एनआरएनए प्रतिनिधिहरु, साउदी अरबमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, उद्योगी, ब्यापरी, लेखक,कलाकार, बुद्धिजीवी, समाजसेवी तथापत्रकार र श्रमिकहरुको सहभागिता रहने छ ।

त्यसैगरी मोर्चाको हालै सम्पन्न बैठकले २५ सदस्यीय आसन्न महाधिवेशन मुल आयोजक समिति गठन गरेको छ भने विभिन्न ४ उपसमिति र केही बिभागहरु तोकेर जिम्मेवारी बाडफाड गर्दै आफ्नो अभियान चलाएको छ ।

मोर्चाले आर्थिक, प्रचार प्रसार, खेलकुद र ब्यावस्थापन बिभागको गठन गरेको छ । आर्थिकमा गोपिराम जैसी, जितेन्द्र वर्देवा र श्याम गिरि, सूचना तथा प्रचार प्रसार बिभागमा भानु प्रदेशी, बिपिन शर्मा निरौला, जयराज बिक, नन्दकिशोर केसि र बिष्णु बहादुर राउत, खेलकुद तथा समन्वय बिभागमा मानबहादुर सहकारी, बिपिन घिमिरे, कसम मगर र रामजी राई र ब्यावस्थापन बिभागमा भानु प्रदेशी, बिपिन शर्मा निरौला, बिष्णु बहादुर राउत, नन्दकिशोर केसी, जयराज बिक, राम थापा, मिनेन्द्र मगर र उपेन्द्र राई रहेको समेत मोर्चाले जनाएको छ ।