सरकारबाट बाहिरिने होईन, पूर्णता दिएर अघि बढ्न खोजेका छौः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले सरकारबाट बाहिने वा काँग्रेससँगको सम्बन्ध टुटाउने तिर नभएर सरकारलाई छिट्टो पूर्णता दिएर जनताका काम गर्न आँतुर रहेको बताएका छन ।

LOADING...

पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफुहरुले जनताको पक्षमा काम गर्नका लागि स्थायी खालको सरकार बनाउनु पर्नेमा आफुहरु रहेको भन्दै त्यस्तो बताएका हुन ।

उनले माओवादी सरकारबाट बाहिरिन खोजेको भन्ने खालका हल्लाहरुमा कुनै सत्तयता नभएको भन्दै काँग्रेससँगको सत्ता गठबन्धन अझै अगाडिसम्म बढ्ने विश्वाश समेत ब्यक्त गरें ।

प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बैठक चलिरहेकाले मन्त्रीपरिषद् विस्तारका लागि केही दिन पर्खिन आग्रह गरेका कारण ढिलाई भएको भन्दै आज केही मन्त्रीहरु थपिने बताए ।

उनले आफ्नो पार्टी विकाश र समृदीका लागि कम्तीमा पाँच बर्षसम्म काम गर्ने स्थायी खालको सरकार बन्नु पर्नेमा रहेको समेत बताए ।

LOADING...