हेटौंडामा बसको ठक्करबाट दुई घाइते

दुबै जनाको उपचार हुँदै

मकावनपुर । हेटौंडाको थाहाचोकमा बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । ना ७ ख २३० नम्बरको बसले ठक्कर दिँदा जनप्रतिनिधि घाइते भएका छन ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधि भुवन खनाल र हेटौंडा उपमहानगरपालिका –१३ का जनप्रतिनिधि रुपा खुलाल उक्त दुर्घटनामा परेका हुन ।

उक्त दुर्घटनामा परेका खनाल र खुलाल दुवैजनाको अवस्था खतरामुक्त रहेको अस्पताल श्रोतले बताएको छ ।