१० लाखका घर खोरजत्रा

गोरखा । क्याथोलिक रिलिफ सर्भिस ९सीआरएस० ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ ।

परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् ।

‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने–‘एउटा कुर्सी र टेबल राखेपछि अरू केही अट्दैन ।त्यस्तो घर के काम लाग्छ ? ’

तालिमका क्रममा बनाउने घरलाई सामुदायिक भवनका रूपमा प्रयोग गर्न मिल्ने गरी बनाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले सुझाव दिएको थियो ।

‘तर फेरि प्रयोगविहीन घर बन्यो । सामुदायिक भवन बन्न सकेन’, डीएफओ पौडेलले भने–‘तालिम पनि होओस् । समुदायले प्रयोग गर्न मिल्ने घर पनि बनोस् भन्ने चाहना हो, त्यस्तो हुन सकेन ।’

भूकम्पपछि राहत पुनर्निर्माण र पुनःस्थापनाका लागि एक अर्ब २५ करोड रुपैयाँको कार्यक्रम लिएर गोरखा आएको सीआरएसको ‘डेमोहाउस’ यसअघि पनि विवादित बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।