सिन्धुपाल्चोकमा पहिरो: भोटेकोशीको लार्चा पुल दुई टुक्रा

क्षेतीबारे अनुसन्धान हुँदै

सिन्धुपाल्चोक । चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल अविरल वर्षासँगै खसेको ढिस्कोले दुई टुक्रा भएको छ।

पहिरोले ढिस्को बगेर पुलमाथि बजारिएको थियो। पुल भत्किएसँगै तत्कालीन तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे।

‛तातोपानी सीमा क्षेत्रमा रहेको प्रहरी चौकीसँग समेत सम्पर्क हुन सकेको छैन। त्यहाँका लागि योभन्दा ठूलो बिपत् अरु हुन सक्दैन′ । क्षतिको विवरणा बुज्ने काम भइरहेको उनले बताए।

आईतबार साँझ करिब ७ः३० बजेतिर पुलमाथिको ढिस्को खस्दा पुल दुई टुक्र भएको जिल्लाका सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले पुष्टि गरेका छन्। उनका अनुसार त्यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।