एमाले नेता माधव नेपालको गाडिमा ढुङ्गा प्रहारः सामान्य क्षेती

प्रहरीद्धारा अनुसन्धान कार्य जारी

रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुरमार नेपालको टोलीमा रामेछापको भंगेरीमा आयोजित एक कार्यक्रममा संगै गएको गाडीमा अज्ञात समुहद्धारा हिजो साँझ ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहारबाट गाडिको दुबैतिरको सिसा फुटेर क्षेती भएको छ ।

रामेछापको भंगेरीमा पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागि हुन त्यहाँ पुगेका नेता नेपालको टोलीमा रहेको गाडिमा हिजो साँझ ८ः२० बजे पार्किङ गरिएको अवस्थामा ढुङ्गा प्रहार भएको हो ।

हरपल नेपालसँग कुराकानी गर्दै नेता नेपालका सहयोगी मोहन गौतमले पार्किङ गरिएको अवस्थामा पछाडिबाट ढुङ्गा प्रहार भएको बताएका छन । गौतमका अनुसार घटनाबाट कसैलाई चोट नलागेपनि गाडिमा भने क्षेती पुगेको छ र ढुङ्गा हान्ने व्यक्तिको पहिचान गर्न प्रहरीलाई अनुरोध गरिएको छ ।

रामेछापको राष्ट्रिय बाणिज्य बैंकको अगाडि रहेको सुनकोशी गेष्ट हाउसमा पार्टी कार्यकर्तासँग छलफलमा भएका बेला पार्किङ गरि राखिएको गाडिमा किन र कसले ढुङ्गा हान्यो ? त्यो भने अझै खुल्न सकेको छैन ।

प्रहरीले बुलेट मोटरसाइकल चढेर आएका दुई जना ब्यक्तिले गाडीमा ढुङ्गा प्रहार गरेर भागेको भन्ने कुरा खुल्न आएको र खोजी कार्य जारी रहेको बताएको छ ।

अहिले रामेछापको सुरक्षा व्यवस्थामा कडा गरिएको प्रहरीले बताएको छ । ढुङ्गा प्रहारबाट क्षेती भएको गाडिलाई जिल्ला कारागारमा राखिएको बताइएको छ ।