नेपालगञ्जको के एल दुगड ग्रुपको गोदाममा आगलागीः लाखौको क्षती (भिडियोसहित)

आगो नियन्त्रमा आएको प्रहरीको भनाई

बाँके । आज दिउँसो सवा ४ बजे नेपालगन्ज १८ भुजइ गाउँमा रहेको के एल दुगड ग्रुपको ज्ञान एग्रो एन्ड वायर म्यानेजमेन्ट कम्पनीको गोदाममा आगलागी भएको छ।

आगलागीबाट गोदामको भवन र त्यहाँ रहेका सामाग्रीहरु जलेर नष्ट भएको र करिब चार घण्टापछि अहिले आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपि सरोज पौडेलले हरपल नेपाल डटकमसँग कुराकानी गर्दै घटनाको विषयमा त्यस्तो जानकारी गराएका हुन । डिएसपि पौडेलले आगो नियन्त्रमा आइसकेको र त्यसबाट कुनै मानविय क्षेती नभएको बताएका छन ।

शनिवार भएकाले आज गोदाममा कोहीपनि काममा नरहेको अवस्थामा आगलागी भएपछि त्यहाँ रहेका सामानहरु र भवनमा मात्र क्षती हुन पाएको प्रहरीको भनाई रहेको छ । आगलागीबाट लाखौ मूल्य बराबरका सामागहरु जेलेको बताइएको छ । प्रहरीले गोदाममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेको छ ।

LOADING...

आगलागीको घटना पाए लगत्तै हाम्रा सहकर्मिले स्थानीयवासीहरु आगलागीबाट त्रसित भएको र त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुहरुद्धारा आगो नियन्त्रणको प्रयास गरिएको बताएका छन । उनले अहिले आगो ९० प्रतिशत भन्दा बढि नियन्त्रमा आइसकेको बताएका छन ।

हरपल सहकर्मिका अनुसार के एल दुगडको उक्त गोदाममा स्वस्तिक तेल, गहुँ, धान, घ्यू लगायतका खाद्यान्न भण्डारण गरेर राखिएको थियो । त्यहाँ कति मूल्य बराबरको क्षती भयो भन्ने खुल्न नसके पनि ३५ हजार क्विन्टल क्षमताको गोदाम भवन भएकाले त्यही अनुपातमा सामानहरु जलेको हुन सक्ने अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिकाको दमकलको प्रयोग गरिएको छ भने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरले आगो नियन्त्रको प्रयास गरिरहेका छन । प्रहरीले पाँच प्रतिशत आगो नियन्त्रमा आउन बाँकी रहेको जनाएको छ ।

LOADING...