जेरुसलेममा तनाव बढ्दैः इजरेली प्रहरीसंगको भिडन्तमा दर्जनौं घाइते

पानीको फोहोरा र अश्रुग्यास प्रहार

जेरुसलेम । जेरुसलेममा मुसलमानले हरम अल(शरीफ र यहुदीले टेम्पल माउण्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा इजरेली प्रहरीसंगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाईते भएका छन्।

पुरानो शहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरु वस्तुहरु फ्याँकेपछि उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको छ।

सो पवित्रस्थलमा एकजना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर त्यसको पृष्ठभूमि स्पष्ट छैन।

शुक्रबार तीनजना इजरेली अरब बन्दुकधारीले दुईजना इजरेली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो।

सो स्थलको प्रवेशद्वारमा इजरेलले मेटल डिटेक्टर राखेको विरोध गर्न प्यालेस्टिनीहरुले शुक्रबार आक्रोशको दिनु आह्वान गरेका छन्।

प्यास्लेस्टिनी र अन्य मुसलमान नेताले सो कदमको कडा विरोध गरेका छन् भने इजरेलले प्रहरीलाई मार्ने हतियार सो पवित्रस्थलभित्र लुकाएर लगिएको हुनाले सुरक्षाको दृष्टिकोणले त्यस्तो कदम आवश्यक भएको बताएको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्मबाट)