माओवादी बैठकमा नारायणकाजीको आक्रोश: बन्दुक नबोकेको प्रस्टीकरण कहिलेसम्म दिनुपर्ने

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन।

पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक(पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरेका हुन।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता(कार्यकर्ताको व्यवहार देखाउन नहुने बताए।

शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो।

बदलिएको राजनीतिक परिवेशअनुसार पार्टी निर्माणका लागि व्यापक मात्रामा नयाँ पुस्तालाई पार्टीमा भित्र्याउनुपर्ने र परिचालन गर्नुपर्नेमा श्रेष्ठको जोड थियो। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।