नेपालगञ्जमा शैक्षिक नीति बहस सम्पन्नः स्थानीय शैक्षिक संस्थाको उत्थानमा जोड

शैक्षिक मेलामा दुई हजार भन्दा बढीको सहभागीता

बाँके । मुलुक संघीयताको कार्यान्वयमा जादै गर्दा प्रान्तिय शैक्षिक अवस्था र आवश्यकताका विषयमा नेपालगञ्जमा सरोकारवालाहरुबीच वहस कार्यक्रम सम्पन्न भएको छ ।

बिजनेश प्लस टेलिभिजनको आयोजनामा नेपालगञ्जको सिद्वार्थ कटेजमा आज एजुकेशन फेयर तथा शैक्षिक नीति विषयकमा दुई दिने बहस तथा शैक्षिक मेला सम्पन्न भएको हो ।

उक्त शैक्षिक मेलाको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद र उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष नन्दलाल वैश्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त मेलामा बाँकेका ३० भन्दाबढि शैक्षिक संस्थाहरुले आ आफ्नो स्टल समेत राखेका छन । मेलामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामाग्रीका साथै विभिन्न जानकारीहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

दुई हजार भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको उक्त शैक्षिक मेलामा जिल्ला अदालत बाँकेका न्यायधिश तेजनारायण पौडेलका साथै अन्य गन्यमान्य मानिसहरुको समेत उपस्थिति रहेको थियो ।

मेलाकै समयमा आज उक्त शैक्षिक नीति बहस समेत भएको हो, शैक्षिक नीति बहसमा प्रध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा विद्य जनार्धन आचार्य, सुर्खेतका जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह, बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बाहादुर थापा र हिसानका केन्द्रिय उपाध्यक्ष इश्वरी प्रसाद पोखरेल लगाएतको सहभागीता रहेको थियो ।

शैक्षिक नीति बहस कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरुको समेत सहभागीता रहेको आयोजकले बताएको छ । मुलुकमा संघीयताको कार्यान्वयन हुने भएपछि प्रान्तिय शैक्षिक अवस्था र आवश्यकता के कस्तो रुपमा देखिन सक्छन भन्ने विषयमा उक्त वहस केन्दीत रहेको बताइएको छ ।

राजधानी बाहिरका चार प्रमुख शहर बिराटनगर, वीरगञ्ज, नेपालगञ्ज तथा धनगढीमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन भएका छन । त्यससैगरी पढ्नकै लागि राजधानी जानुपर्ने अवस्थाको अन्त्य गरेर क्षेत्रीय स्तरका शैक्षिक संस्थाको उत्थानकामा सरोकारवालाहरुको ध्यानाकर्षण गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ ।