मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने प्रधानमन्त्रीको घोषणा

अकस्मिक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अङ्कारा । टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले मन्त्रिपरिषदमा व्यापक फेरबदल गर्ने बुधबार घोषणा गरेका छन् ।
राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्ने घोषणा गरेका
हुन् ।

स्थानीय समयानुसार बुधबार मध्याह्न १२ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा आकस्मिक भेटवार्ता भएको थियो ।

मन्त्रिपरिषदमा हेरफेर गरेपछि एर्डोगानले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ । रासस