माओवादी केन्द्रको सचिवालय बैठक एक बजे बस्दै

संगठनात्मक एजेण्डामा छलफल हुने

काठमाडौं । सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको आज तेश्रो दिन पनि पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा एक बजे बस्ने भएको छ ।

दुई दिनदेखि जारी बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टीको संगठनात्मक एजेण्डामा छलफल चलिरहेको छ ।

उक्त जारी बैठकमा स्थानीय स्थरका अधिकांश नेताहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसक्दा चुनावको यस्तो परिणाम आएको बताएका छन । उनीहरुले चुनाव चिह्न नै बदल्नुपर्ने माग समेत राखेका छन ।

नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने क्रममा बलियो संगठन निर्माणमा ध्यान नपुग्नु नै निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नु,नेताहरुले पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका कामहरुको जनस्तरमा संम्प्रेषणमा कमि, पार्टीमा सुदृढ वैचारिक र संगठनात्मक एकताको कमि, निर्वाचनको तयारीमा आवश्यक ध्यान नपुग्नु, कमजोर जनसम्बन्ध जस्ता इत्यादी कारणले पार्टी तेश्रो स्थानमा सिमित रहेको निष्कर्ष निकालेका छन ।