भाजपा नेता उपाध्यायले भने–‘दार्जिलिङमा नेपालीभाषीले गरेको आन्दोलन जायज छ’ (भिडियोसहित हेर्नुहोस्)

‘नेपालको महिमा गाउँदै भनेःबुद्ध नेपालमै जन्मीएका हुन’

काठमाडौं । स्वतन्त्र गोर्खाल्याण्ड आन्दोलनका मागका बिषयमा भारतीय जनता पार्टीका नेता डा. दिनेश कुमार उपाध्यायले आफ्नो समर्थन रहेको र त्यहाँ नेपालीभाषीलाई अधिकार दिनुपर्ने बताएका छन ।

केही दिनदेखि नेपाल भ्रमणमा रहेका भाजपा नेता उपाध्यायले हिजो राजधानीमा शाही युवा शक्तिद्धारा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै त्यस्तो धारणा ब्यक्त गरेका हुन ।

उनले गोर्खा जनमुक्ति मोर्चाले उठाएको माग जायज भएको भन्दै पश्चिम बंंगालकी मुख्यमन्त्री ममता बनर्जीले भाषीक आन्दोलनको सम्बोधन नरेर निकास खोज्नुपर्ने कसैको कुरा नसुनेको कारण त्यस्तो अवस्था आएको प्रतिकृया दिए ।

नेपा उपाध्ययले हरपलन नेपाल डटकमले सोधेको प्रश्नमा जवाफदिदै भने–‘गोर्खाल्याण्डको जुन आन्दोलन छ, म त्यसमा के भन्न चाहन्छु भने कुनै पनि माग शान्तिसँग गर्नु पर्छ, आन्दोलन जब हुन्छ, उनका कुरा राज्यले सुन्नु पर्दछ । जनताको मागकै कारण उत्तर प्रदेशदेखि उत्तरखण्ड अलग भएको छ तर त्यसमा कुनै आन्दोलन, कुनै हत्या पनि भएको थिएन । त्यसैले उनीहरुले पनि स्टेट सरकार र सेन्टर सरकारसँग आफ्ना मागहरु राख्नु पर्दछ । आफ्ना मागका विषयको क्लियर गर्नुपर्दछ । आन्दोलनका नाममा हत्या हिंसा गर्नु कुनै पनि राष्ट्रको लागि राम्रो काम होइन ।’

[play-vide0 url=”SaeYk4A8OH0″]

नेता उपाध्यायले भाषिक अधिकार दिनु राज्यको कर्तब्य भएको भन्दै भने–‘भारत राष्ट्रभित्र मल्यालम, तेल्गु, हरियाणी, पंजावी, राजस्थानी लगाएत धेरै भाषा छन, तर पनि भारत एक नै हो । यदि गोर्खाल्याण्डमा पनि नेपाली भाषा बोलिन्छ भने त्यो भाषा पनि दिनु पर्दछ । त्यसमा हामीले आपत्ती मान्ने कुरा छैन ।’

उनले नेपालको अर्को नाम स्वर्ग भएको बताउँदै यहाँबाट गौतम बुद्धले विश्वभरी शान्तिको सन्देश फैलाएको भन्दै नेपालको महिमा गाए । कतिपय भारतीय मिडिया र नेताहरुले गौतम बुद्ध भारतमा जन्मीएको दाबी गर्ने गरेको भएपनि उनले भने प्रष्ट रुपमा बुद्ध नेपालकै भुमिमा जन्मेको बताए ।

‘गौतम बुद्धको देश नेपाल हो, हामी नेपालको असल छिमेकी (रिस्तेदार) हौँ, हाम्रो सम्बन्ध परापूर्व कालदेखिको छ, यो कसैले तोड्न चाहेर सम्भव छैन’–उनले भने ।

भारतमा रहेका नेपाली भाषिहरुले दार्जिलिङलाई छुट्टै राज्य बनाउनु पर्ने माग राख्दै गोरखा जनमुक्ति मोर्चाको नेतृत्वमा लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

पछिल्लो अवस्थामा त्यहाँ बंगाली भाषालाई मान्यता दिने निर्णयको विरोधमा भएको आन्दोलनमाथि बंगाल राज्य सरकारले आन्दोलनमा ब्यापक दमन समेत गरेको थियो । प्रहरीको गोलीलागेर त्यहाँ केही मानिसको मृत्यु समेत भएको थियो ।

[play-vide0 url=”SaeYk4A8OH0″]