यू १९ विश्वकप छनोट क्रिकेटमा नेपालको दोश्रो उत्कृष्ट जित

व्याटिङमा समस्या

सिंगापुर । सिंगापुर क्रिकेट क्लब, पादाङमा भइरहेको यू १९ विश्वकप छनोट क्रिकेटमा नेपाल विजयी भएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्दै दोश्रो जित हात पारेको हो ।

नेपाल ५ विकेट गुमाउँदै ९.५ ओभरमा आफ्नो लक्ष्यमा पुग्न सफल भएको छ । उक्त खेलमा नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिएका थिए । नेपालको उत्कृष्ट बलिङ भएता पनि ब्याटिङमा भने पहिलेको जस्तै समस्या देखिएको छ ।

यसअघि मलेसियाको सुरुवात खराब रहृयो । मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् ।