जाजरकोटको त्रिवेणी नगरपालिकाका मेयर जनस्तरको सुझाव बटुल्दै गाउँगाउँमा

दैनिक कुचो समाएर नगरको सरसफाई

जाजरकोट । निर्वाचनको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु कार्यान्वयन गर्नका लागि जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाका मेयर र निर्वाचित जन प्रतिनिधिहरु गाउँगाउँमा पुगेका छन् ।

जनस्तरबाट सुझाव संकलन गरेर स्थानीय विकासको ठोस योजना वनाउनको लागि मेयर टेकबहादुर रावल लगायतको टोली यतिबेला गाउँगाउँमा पुगेको हो ।

साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नगरपालिका बनाएपछि विकास निर्माणका कार्यहरु सञ्चालन गर्न सजिलो भएको भन्दै स्थानीय जन प्रतिनिधिहरु आफ्नो काममा कस्सिएका छन । धेरै सम्भावना बोेकेका अन्य नगरपालिकाहरु मध्ये यो नगरपालिका पनि समग्र हिसाबले अग्र भागमा पर्दछ ।

विकास निर्माणका योजनाहरुलाई लापर्वाही र अनियमित्ता हुन नदिन र काम नगरि खाने प्रवृतीका विरुद्ध मेयर रावलका टोलीहरु निर्मम भएर लागेका छन् । विगतका योजनाहरुलाई कडाईका साथ अनुगमन गर्नुका साथै अब बन्ने नयाँ योजनाहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर उनि सर सल्लाह माग्दै गाउ,गाउँमा पुगेका छन ।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा परिषदर सम्पन्न भएपनि यहाँको त्रिवेणी लनगाडमा भने मेयरको टोली आफैँ गाउँ, गाउँमा गएर योजना छान्न थालेपछि जिल्लास्तरको वैठक श्रावण ७ गतेसम्मका लागि सारिएको छ । प्रत्येक वडाका वडा अध्यक्षलाई साथमा लिएर मेयर आफै गाउँ, गाउँमा जाँदा जनताहरु भने निकै आशावादी देखिएका छन ।

विकास निर्माणका योजनारु बनाउदा अपनाउनु पर्ने विधि, प्रकृया र चरणका विषयमा जनता र जन प्रतिनिधिहरुलाई बुझाउन श्रावण २ गतेदेखि विज्ञहरुलाई बोलाएर प्रशिक्षण समेत सञ्चालन गर्न लागेको मेयर रावलले बताएका छन । स्थानीय विकासको लागि योजना जनताकै बिचबाट आउनु पर्नेमा उनको जोड रहेको छ ।

उक्त नगरपालिका क्षेत्रमा ईन्टरनेट सेवा विस्तार र सूचनालाई प्रभावकारी बनाउनका लागि सूचना तथा सञ्चार मन्त्रालयलाई पत्राचार गरीसकेको उनले बताएका छन । नलगाड नगरपालिकामा जलविद्युत आयोजना (४१० मेघावट) र तास नलगाड जलविद्य आयोजना (४१० मेघावाट) ताससँगाड जलविद्युत ७३मेघावाट लगाएत पनि यहि नपा भित्र पर्दछन् ।

कुचो समाएर दैनिक सरसफाईमा मेयर

दैनिक वजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नगरपालिकाले दैनिक सरसफाई अभियान थालेको छ । मेयर टेकवहादुर रावलको नेतृत्वमा दैनिक विहान ७ः३० बजेबाट यहाँको दल्ली, कालीमटी, वगारा लगाएका मुख्य बजार क्षेत्रमा सरसफाई हुदैँँ आएको छ ।

जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका नियमहरु मेयर रावलले बनाएका छन । सम्वृद्धी, विकास र अवसर खोज्न बाहिर जान नपरोस भन्दै उनी सबैमिलेर स्थानीय विकासमा लाग्नु पर्ने बताउँछन ।