शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

मन्त्रीपरिषद् विस्तार र संविधान संशोधनबारे छलफल

काठमाडौं । राष्ट्रपति भवन, शीतलनिवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा मन्त्रीपरिषद् विस्तार ढिलाई र चुनावकका साथै राष्ट्रपति कार्यालयले १६ करोडको गाडी खरिद गर्ने विषयमा छलफल भएको हो ।

अब तीन तहको चुनाव तोकिएको समयमै सम्मपन्न गर्न, मन्त्रीपरिषद् विस्तार र संविधान संशोधन गर्न सबै राजनैतिक दलहरुलाई सहमत गराउनु पर्ने भएको उक्त भेटमा प्रधामन्त्रीले बताएका छन ।

आज भएको भेटमा राष्ट्रपति भण्डारीले १६ करोडको गाडी खरिद गर्ने विषयलाई लिएर सामाजिक सञ्चाल र सञ्चार माध्यमहरुमा निकै आलोचना भएकोमा दुख व्यक्त गरेकी छन । उनी यो विषयमा निकै चिन्तित रहेकी छन ।